जनमत पार्टीका सांसद एवं खानेपानीमन्त्री अब्दुल खानले पार्टीले उपप्रधानसहित दुईवटा मन्त्रालय पाउने सहमति भएको बताएका छन् ।
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेका आठ दलका सांसदका लागि आयाेजित प्रशिक्षण कार्यक्रममा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘उपप्रधानमन्त्रीसहित दुईवटा मन्त्रालय पाउँछ । कुन–कुन भन्ने विषयमा बैठक भएको छैन । बैठकपछि निर्णय आउँछ ।’
यसअघि सहमतिअनुसारको मन्त्रालय नपाएको विषयमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खानले थपे, ‘गठबन्धनमा सहमति भइसकेको छ । झुक्याउनुहुन्न । उहाँहरू अहिले इमानदारीको राजनीतिमा आउनुभएको छ ।’ उपप्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष सिके राउत पनि मन्त्री बन्ने सम्भावना रहेको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस