Like us!
Follow us!
Connect us!
Watch us!

यी चार उम्मेदवारले गराए उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता

अर्थ संसार

शनिबार, २७ फागुन २०७९, १५ : १८ मा प्रकाशित

यी चार उम्मेदवारले गराए उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता

चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि चार उम्मेदवार खडा भएका छन् । आज शनिवार अपरान्ह ३ बजेसम्म तीन दलका चार उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

सत्ता गठबन्धनको जनता समाजवादी पार्टीबाट रामसहाय प्रसाद यादव र प्रमिला यादव, जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गरेका हुन् । विपक्षी सीपीएन यूएमएलबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गरिन् । नयाँ बानेश्वरस्थित निर्वाचन आयोगले स्थापना गरेको कार्यालयमा चारैजनाले मनोनयन दर्ता गरेका हुन् । योसँगै उपराष्ट्रपतिको प्रतिष्पर्धा रोचक बनेको छ ।

नेपालको निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग र फरक समुदाय हुनुपर्ने संवैधानिक प्रावधान उल्लेख गर्दै शुक्रवार नै विज्ञप्तिमार्फत् प्रष्ट पारेपछि सत्तापक्षबाट पुरुष एक र महिला दुई गरी तीनजनाको उम्मेदवारी परेको हो । मतदानको दिनसम्म सत्ता गठबन्धनले साझा उम्मेदवार तय गर्ने अपेक्षा गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको