Like us!
Follow us!
Connect us!
Watch us!
पार्टीबाट ममता झाको नाम अनुमोदन

जसपा र उन्मुक्ति पार्टीपछि जनमतले पनि उपराष्ट्रपतिमा गर्यो दाबी

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १६ : ०९ मा प्रकाशित

जसपा र उन्मुक्ति पार्टीपछि जनमतले पनि उपराष्ट्रपतिमा गर्यो दाबी

राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँग दलहरु उपराष्ट्रपति निर्वाचनको तयारी गरिरहेका छन् । जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टीले आफ्नो उम्मेदवार टुँगो लगाएसँगै जनमत पार्टीले पनि उपराष्ट्रपतिमा आफ्नो दाबी गरेको छ । जनमतले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सारेको पार्टीका विश्वस्त स्रोतले जनाएको हो । पार्टीले बैठक बसेर ममता झाको नाम अनुमोदन गरेको एक नेताले अर्थसंसारलाई जानकारी दिएको हो ।

सप्तरीकी ममता झा सद्भावना पार्टी पृष्ठभूमिकी हुन् । उनले केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी थिइन् । यस पटक उनलाई उप राष्ट्रपतिको रुपमा जनमतले अघि सारेको छ । 

उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ र सत्ता गठबन्धनको तर्फबाट साँझा उम्मेदवार जनता समाजवादी पार्टीका संसदीय दलका नेता राम सहाय प्रसाद यादव उम्मेदवार हुन् ।

तर, आज निर्वाचन आयोगले महिला वा फरक लिङ भएको व्यक्तिले मात्र उम्मेदवारी दिन पाउने भनेपछि रञ्जीताको उमेर ४५ वर्ष भन्दा माथि नरहेको कारण उपराष्ट्रपतिको यात्रामा ब्रेक लागेको छ । त्यस्तै जसपा संसदीय दलको नेतासमेत रहेका रामसहाय प्रसाद यादवलाई निर्वाचन आयोगले एक निर्णय गर्दै मनोनयन दर्ताका लागि ब्रेक लगाएको छ ।

 ‘उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ,’– आयोगद्वारा जारी निर्देशनमा भनिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु व्यवस्था रहेको छ ।

उपराष्ट्रपतिको लागि भोलि (फागुन २७ गते) मनोनयन दर्ताका कार्यतालिका भएपनि अन्य दलले उम्मेदवार टुंगो लगाएका छैनन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको