Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको बोनस सेयरधनीको खातामा जम्मा, यस्ता सेयरधनीले पैसा जम्मा गर्नुपर्ने

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, ०७ : ४० मा प्रकाशित

नेपाल इन्स्योरेन्सको बोनस सेयरधनीको खातामा जम्मा, यस्ता सेयरधनीले पैसा जम्मा गर्नुपर्ने

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।

कम्पनीले पुस २२ गते सम्पन्न ७४ औं वार्षिक साधारण सभाबाट पारित भएको ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्ने भएको छ । पुस ७ गतेसम्म डिम्याट खाता अभौतिकिकरण गराएका सेयरधनीहरुको खातामा बोनस पठाइसकेको र सो मिति पश्चात अभौतिकिरण गराएका सेयरधनीहरुको हकमा क्रमश जम्मा गरिने कम्पनीले जनाएको छ ।

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

बोनश जारी गर्दा हुन आउने दशमलब पछिको अंक (Fraction Share) लाई १ (एक) शेयरमा परिणत गर्दा लाग्ने शुल्क शेयरधनी महानुभावहरु स्वयंले नै भुक्तानी गर्नुपर्ने भएको हुनाले तल उल्लेखित बैंक खातामा जम्मा गरे पछि मात्र सम्बन्धित शेयरधनी महानुभावहरुको हितग्राही खातामा शेयर जम्मा गरिने व्यहोरा समेत अनुरोध गर्दछौ । उक्त रकम तिर्नु पर्ने शेयधनीहरुको विवरण यस कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाईट www.niblcapital.com मा गई हेर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको