Like us!
Follow us!
Connect us!
Watch us!

एउटै गाँउपालिकाका २८ प्रतिशत युवा वैदेशिक रोजगारीमा, वार्षिक ४७ करोड रेमिट्यान्स

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, ०८ : २६ मा प्रकाशित

एउटै गाँउपालिकाका २८ प्रतिशत युवा वैदेशिक रोजगारीमा, वार्षिक ४७ करोड रेमिट्यान्स

मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा बर्सेनि ४७ करोड २९ लाख रुपियाँ वैदेशिक रोजगारीबाट विप्रेषण आउने गरेको छ । यो गाउँपालिकाका दुई हजार ६४९ जना युवा वैदेशिक रोजगारीमा गएका छन् । नौ हजार ४६७ घरधुरी र ३८ हजार ८२४ जनसङ्ख्या रहेको कानेपोखरी गाउँपालिकाका दुई हजार ६४९ घरधुरी (२८ प्रतिशत)का युवा कुनै न कुनै वैदेशिक रोजगारीमा गएको पाइएको छ । 

वैदेशिक रोजगारीमा गएकामध्ये ८७३ घरधुरीका युवा स्वदेश फर्किसकेका छन् भने एक हजार ७७६ घरधुरीका युवा वैदेशिक रोजगारीमा नै कार्यरत छन् ।

सामी परियोजना सहयोग एकाइ र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले वैदेशिक रोजगारीसम्बन्धी अध्ययन गरेको हो । 

विदेशबाट आउने विप्रेषणमध्ये ७० प्रतिशत खाडी र मलेसियाबाट प्राप्त हुने गरेको गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भन्नुभयो, “८२ घरधुरीमा त वृद्ध बाबुआमालाई छोडेर छोराबुहारी नै कमाउन गएको पायौँ ।” 

घिमिरेका अनुसार वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको ठूलो हिस्सा घरघडेरी खरिदमा प्रयोग भएको छ । “हाम्रो उद्देश्य उत्पादनसँग जोड्ने हो । सीपको अभावमा बीचमै काम छोडेर आउनु नपरोस् भन्ने उद्देश्य हो,” उहाँले भन्नुभयो । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको