Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको लाभांशमा राष्ट्र बैंकको कैँची

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, १० : ४२ मा प्रकाशित

जीवन विकास लघुवित्तको लाभांशमा राष्ट्र बैंकको कैँची

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।

संस्थाको फागुन ६ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको  २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । 

तर राष्ट्र बैंककाे निर्देशनपछि अब भने संस्थाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ७.१५ प्रतिशत नगद गरी कुल ३३.१५ प्रतिशत लाभांश मात्रै वितरण गर्नेछ ।

अब उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको