प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रमा देखापरेका समस्या समाधानका लागि पहल थालेका छन् । आज (आइतबार) सिंहदरबारमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग प्रधानमन्त्री प्रचण्डले सारेकारवालाहरुसँग छलफल गरेर समस्या समाधानमा ठोस निर्णय गर्ने बताएका हुन् ।
पछिल्लो समय बैंकको चर्को ब्याजका कारण ऋणीले आत्महत्या गर्न थालेको लघुवित्तका कारणले धेरैको उठिवास लागेको समाचार आइरहेका बेला प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका लागि छलफल थालेका हुन् ।
वर्तमान वित्तीय अवस्थाबारे सरकार चिन्तित रहेको प्रधानमन्त्रीको भनाई छ। साथै उनले सरोकारवालासँगको छलफलपछि सरकार चाँडै अघि बढ्ने र ठोस निर्णय लिने समेत बताए। छलफलमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका समस्याहरु नोट गरेको र यसलाई क्रमैसँग हल गर्दै जाने पनि बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस