Like us!
Follow us!
Connect us!
Watch us!

तीन बैंकले घटाए ब्याजदर, कुनको कति?

अर्थ संसार

सोमबार, २२ फागुन २०७९, ११ : १९ मा प्रकाशित

तीन बैंकले घटाए ब्याजदर, कुनको कति?

तीन बैंकले ब्याजदरमा राहत दिने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकको नीतिअनुसार चैत्र मसान्तमा मात्रै ब्याजदर घटाउन पाउने भएपनि प्रिमियम भने घटाएर राहत दिन सक्नेछन् । सानिमा बैंक र सिटिजन्स बैंकले यसअघि प्रिमियम घटाएर ब्याजदर घटाईसकेको छ भने एभरेष्ट बैंकले पनि ऋणीहरुलाई राहत दिन सोही उपाय अवलम्वन गरेको हो । 

सानिमा बैंकले २ प्रतिशत, एभरेष्ट बैंकले १ प्रतिशत र सिटिजन्स बैंकले २ प्रतिशत ब्याजदर घटाएर ऋणीहरुलाई राहत दिएको छ।चर्कोब्याजदरको मारमा परेका सर्वसाधारणहरुले बैंकहरुका विरुद्धमा सम्झौताहिन आन्दोलन अघि बढेपनि बैंकर्स संघले भने ब्याजदर नघटाउन बैंकहरुलाई कडा निर्देशन दिँदै आन्दोलनको विरुद्धमा बक्तव्यबाजी गरिरहेको छ । तर, यी तीन बैंक बैंकले भने ऋणीहरुलाई राहत दिएको छ।

ब्याजदर उच्च हुँदा कर्जा लगानी हुन नसकेपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्न थालेको छ। वाणिज्य बैंकहरुले ऋणीहरुलाई ब्याजदर घटेको जानकारी दिन सुरु गरेका छन्।त्यसो त बैंकरहरुले बैंकहरुको ब्याजदर विस्तारै घट्दै जाने बताउँदै आएका थिए।  यी तीन बैंकले भने आफ्ना ऋणीहरुको बाँच्न नसकेमा बैंक नै नबाँच्ने भन्दै २ प्रतिशतसम्म ब्याजदर घटाउने निर्णय गरेको स्वीकार गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको