Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १७ : २७ मा प्रकाशित

डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता

माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका हुन् । 

सम्झौता पश्चात सेल्सवेज  क्यास एण्ड क्यारी प्रा.लीसंग आवद्ध सेल्सबेरी र सेल्सवेज का आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरुले विभन्न डिजिटल माध्यमबाट जस्तै क्यू–आर वा पिओएस मेशिनमार्फत डेबिट÷के्रडिट कार्ड प्रयोग गरी  डिजिटल भुक्त्तानी गर्न सक्नेछन्।
  
यसै बीच बैंकले हरेक हप्ताको सोमबारका लागि मन्डे म्याडनेस योजना सञ्चालन गरि रहेको छ । जस अन्तर्गत हरेक सोमबार बैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस वा ई–कमबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा रु. १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा रु. २२३ सम्म छुट पाउनुहोस् । यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजे सम्म कार्ड बाट गरिएका कारोबारमा मात्र लागु हुनेछ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको