Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीको नाम राखेर अन्य व्यवसाय गर्नेहरू अहिले समस्यामा परेका छन्: रजिस्ट्रार घिमिरे

अर्थ संसार

बुधबार, २४ फागुन २०७९, १० : ५८ मा प्रकाशित

सहकारीको नाम राखेर अन्य व्यवसाय गर्नेहरू अहिले समस्यामा परेका छन्: रजिस्ट्रार घिमिरे

संघीय सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारीको नाम राखेर अन्य व्यवसाय गर्नेहरू अहिले समस्यामा परेको स्पष्ट पारेका छन् । आज (बुधबार)देखि काठमाडौंमा सुरु भएको सहकारीका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी–२०७९ मा बोल्दै उनले सहकारीको नाम राखेर अरू व्यवसाय गर्नेहरू अहिले समस्यामा परेको स्पष्ट पारेका हुन् ।

गोष्ठीमा बोल्दै उनले भने, 'अहिले जति पनि सहकारी समस्यमा छन्, ती सबै सहकारीको ऐन, नियम र मापदण्डविपरीत चलेकाले यो समस्या आएको हो। सहकारीकै रूपमा चल्ने सहकारी अहिले राम्रैसँग चलेका छन् । सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्ने हैन ।' सहकारीका व्यवस्थापकहरू नै सहकारी संस्थाप्रति जिम्मेवार नभएकाले सहकारी बिग्रिनुमा उनीहरूको हात हुने उनले प्रष्ट्याए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको