Like us!
Follow us!
Connect us!
Watch us!

ओलीको बयानपछि गगनको 'काउन्टर' भने- ‘२०८४ सालयता एमालेसँग मिल्न सक्ने अवस्था नै छैन’

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १४ : २५ मा प्रकाशित

ओलीको बयानपछि गगनको 'काउन्टर' भने- ‘२०८४ सालयता एमालेसँग मिल्न सक्ने अवस्था नै छैन’

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिल्न सक्ने र मिल्दैनौं भनेर कसम नखाएको विषयमा दिएको अभिव्यक्तिप्रति कांग्रेसका महामन्त्री गगन थापाले 'काउन्टर' दिएका छन् । आज (बिहिबार) राष्ट्रपति निर्वाचनस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले २०८४ सालयता एमालेसँग मिल्न सक्ने अवस्था नै नभएको स्पष्ट पारेका हुन्। 

सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै  महामन्त्री थापाले भने, ‘२०८४ सालमा एमालेसँग मिल्न सकिएला, तर अहिले यो सम्भव छैन। हामीले जिताउने राष्ट्रपतिले जनतालाई दुःख दिनु हुँदैन । जनताले सम्मान गर्ने राष्ट्रप्रमुख हामी बनाउँदैछौं ।’

 

सम्बन्धित समाचार:

 

कांग्रेससँग हामी मिल्दैनौं भनेर कसम खाएका छैनौं : अध्यक्ष ओली

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको