Like us!
Follow us!
Connect us!
Watch us!
सिलिकन भ्याली र सिग्नेचरपछि अब फर्स्ट रिपब्लिक बैंक बन्द हुने कगारमा

अमेरिकामा एकपछि अर्को बैंक टाँट पल्टिदैँ, राष्ट्रपति बाइडेन भने मौन

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १६ : ४६ मा प्रकाशित

अमेरिकामा एकपछि अर्को बैंक टाँट पल्टिदैँ, राष्ट्रपति बाइडेन भने मौन

अमेरिकामा बैंकिङ क्षेत्रको संकट दिन प्रति दिन बढ्दै गएको छ । सिलिकन भ्याली बैंक र सिग्नेचर बैकपछि अब फर्स्ट रिपब्लिक बैंक पनि बन्द हुने कगारमा पुगेको छ । पछिल्लो पाँच दिनको तथ्यांक हेर्दा फर्स्ट रिपब्लिक बैंकको सेयर मूल्य लगभग ६६ प्रतिशतले ओरालो लागेको छ । अहिलेको अवस्था हेर्दा यस बैंकप्रति लगानीकर्तामा निराशा र चिन्ता छाएको छ ।

मूडीजले फर्स्ट रिपब्लिक बैंकलाई चनाखोपुर्वक हेर्नुपर्ने बैंकअन्तर्गत राखेको छ। मूल्याङ्कन एजेन्सी मुडीजले समीक्षा अन्तर्गत राखिएका ६ अमेरिकी बैकहरूमा फर्स्ट रिपब्लिक बैंकको नाम पनि समावेश गरेको हो। यसअघि सोमबार मूडीजले सिग्नेचर बैंकको ऋण रेटिङलाई जंक टेरिटोरीमा डाउनग्रेड गरेको थियो।

फर्स्ट रिपब्लिक बैंकले आफ्नो प्रतिरक्षामा बैंक सञ्चालन गर्न पर्याप्त नगद रहेको बताएको छ । यसले थप तरलताका लागि फेड र जेपी मोर्गनसँग हात मिलाएको छ । यसअघि सोमबार पश्चिमी सञ्चार माध्यमहरूले बैकसँग २५ अर्ब डलरभन्दा बढी नगद उपलब्ध रहेको जनाइएको छ। उक्त विषयमा भने अमेरिकी राष्ट्रपति जो बाइडेन भने मौन देखिएका छन् । उनको मौनताले कतै अमेरिकी आर्थिक क्षेत्रमा कुनै संकट त आउने होइने ? भन्ने प्रश्न तेर्सिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको