Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा लगानी बोर्डको बैठक जारी, यी विषयमा छलफल हुँदै

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, १५ : ५८ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा लगानी बोर्डको बैठक जारी, यी विषयमा छलफल हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा लगानी बोर्डको बैठक बानेश्वरमा जारी छ ।  

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा यसअघि पुस २४ गते बसेको लगानी बोर्डको बैठकले फोहोरमैला व्यवस्थापन परियोजनाको दस्तुर, मेट्रो रेल आयोजना सञ्चालनका लागि उच्च स्तरीय संयन्त्रको गठन, आयोजना बैंकको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो ।

यसैगरी, अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन, तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको विकासको मोडालिटी, परियोजना लगानी सम्झौता, तल्लो तटीय सिंचाइ प्रभाव अध्ययन, लगानी प्रवर्धन सम्मेलन गर्नेलगायतका निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको