Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपकाे ७ वर्षिय लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १७ : ५९ मा प्रकाशित

ङादी ग्रुपकाे ७ वर्षिय लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

ङादी ग्रुप पावर कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाइड्राेपावर समूह अन्तर्गत सूचिकृत पब्लिक कम्पनी हाे । दाेश्राे बजारमा कम्पनीकाे एक कराेड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता सेयर सूचिकृत छ । आज नेप्सेमा सर्वाधिक काराेबार हुनेकाे सूचीमा ङादी ग्रुप पनि दशाैँ नम्बरमा परेकाे छ । 

कम्पनीकाे ७ वर्षिय लाभांश इतिहास

कम्पनीकाे लाभांश इतिहास नियाल्दा हालसम्म कम्पनीले ७ वटा आर्थिक वर्षमा लाभांश वितरण गरेकाे छ । जसमध्ये, कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०७७/७८ मा २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद) वितरण गरेकाे थियाे भने सबैभन्दा थाेरै २ वटा आर्थिक वर्ष २०७८/७९ र २०७२/७३ मा बराबरी ५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

यस्ताे छ ङादी ग्रुप​काे ७ वर्षिय लाभांश इतिहास :

१. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५२६ प्रतिशत नगद गरि कूल १०.५२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७८/७९ : आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४.७५ प्रतिशत बाेनस र ०.२५ प्रतिशत नगद गरि कूल ५ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको