Like us!
Follow us!
Connect us!
Watch us!

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १३ : ०६ मा प्रकाशित

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । आज (सोमबार) बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो । यसअघि एमालेकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

तर, २६ पुषमा कांग्रेसले पनि प्रधानमन्त्री दाहाल प्रचण्डलाई विश्वासको मत दिएको र राष्ट्रपतिको निर्वाचनमा दाहालले कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो । र, उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आजै संसद्मा दोस्रो पटक विश्वासको मत लिँदैछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको