Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा ‘बैंकको मिटर ब्याज मिनाहा गर’ भन्दै लाग्यो नारा

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १७ : १९ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा ‘बैंकको मिटर ब्याज मिनाहा गर’ भन्दै लाग्यो नारा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी भएको छ । आज (मंगलबार) थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित सार्वजनिक समारोहमा तीनजना युवाले प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका हुन् ।

एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई पक्रिन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै विरोध गरेका थिए । त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए ।

दुवैजनालाई प्रहरीले भ्यानमा राख्दै गर्दा ‘गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन-यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौं’ भन्दै नाराबाजी गरेका थिए । प्रचण्डमाथि आक्रमणको प्रयास गरी नारावाजी गर्ने युवाहरु विवादास्पद व्यवसायी दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको