Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसका प्रवक्ता डा. महत र नेपाल सेयरधनी संघका पदाधिकारीबीच भेटवार्ता, पुँजीबजारको विकास र विस्तारका विषयमा छलफल

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १३ : १८ मा प्रकाशित

कांग्रेसका प्रवक्ता डा. महत र नेपाल सेयरधनी संघका पदाधिकारीबीच भेटवार्ता, पुँजीबजारको विकास र विस्तारका विषयमा छलफल

नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रिय सदस्य डा.प्रकाश शरण महतसँग नेपाल सेयरधनी संघका पदाधिकारीहरुले भेटघाट गरेका छन्। आज बिहान प्रवक्ता महतसँग नेपाल सेयरधनी संघका पदाधिकारीहरुले भेटघाट गरेका हुन्। 

भेटघाटको क्रममा उनीहरुबीच पुँजीबजारको विकास र विस्तारका लागी बिध्यमान बाधा, अड्चन र समस्या सम्बन्धमा छलफल भएको हो। साथै समस्या समाधानको लागी संघकोतर्फबाट ध्यानाकर्षण-पत्र पनि बुझाईएको छ ।

प्रवक्ता महतले पनि आफुले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पुँजीबजारको सुधार, विकास र विस्तारमा सहयोग गर्ने धारणा व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको