Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल प्रहरी प्रमुखमा वसन्त कुँवरको बढुवा

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १७ : ४६ मा प्रकाशित

नेपाल प्रहरी प्रमुखमा वसन्त कुँवरको बढुवा

नेपाल प्रहरीको प्रमुखमा वसन्त कुँवरको बढुवा भएको छ । आज (शुक्रबार) अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले उनको बढुवा गरेको हो ।

पाँच जना प्रतिष्पर्धी प्रहरी अधिकृतमध्ये वरियतामा सबैभन्दा माथि रहेका कुँवरलाई पुष्पकमल दाहाल प्रचण्ड सरकारको क्याबिनेटले बढुवा गर्ने निर्णय गरेको हो । अब उनले २ वर्ष झण्डै ८० हजार फौज रहेको नेपाल प्रहरीको कमाण्ड सम्हाल्नेछन् ।

प्रहरीका हालका प्रमुख धीरजप्रताप सिंह भोलि शनिवारबाट ३० वर्षीय सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन् । अब ३०औं प्रहरी प्रमुखमा रुपमा कुँवर रहनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको