Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीमा देउवाको ‘च्वाइस’ डा. महत

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १२ : ०३ मा प्रकाशित

अर्थमन्त्रीमा देउवाको ‘च्वाइस’ डा. महत

नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने लगभग तय भइसकेको छ । हिजो कांग्रेस सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित् डेरामा बसेको पदाधिकारी बैठकले सरकारमा सहभागी हुनेबारे छलफल गरेको थियो ।

बैठकले उपसभापति खड्काको नेतृत्वमा सरकारमा सहभागी हुनेगरि तयारी थालेको हो । सभापति देउवाले अर्थमन्त्रालयको नेतृत्व भने डा. प्रकाशशरण महतलाई दिन खोजेका छन् । तर, अर्थमन्त्रालयमा खड्काले पनि दाबी गरिरहेका थिए।

तर, सभापति देउवाले अर्थमा महतलाई पठाउने वचन दिइसकेका छन् । तसर्थ, खड्काको उपप्रधान एवम् रक्षामन्त्री बन्ने सम्भावना प्रवल छ । यसअघि खड्काले आफू सरकारमा सहभागी नहुने अडान लिएका थिए । तर, सभापति देउवाले धेरै नै जोड गरेपछि उनी त्यसको लागि तयार भएका हुन् । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सोमबारसम्म सरकारलाई पूर्णता दिइसक्ने तयारी गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको