Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्री बन्दै नारायणकाजी

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १३ : ४२ मा प्रकाशित

गृहमन्त्री बन्दै नारायणकाजी

नेकपा (माओवादी केन्द्र)बाट सरकार सहभागी भएका मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुने भएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट स्रोतको दाबी छ ।

सत्ता गठबन्धनमा भागबन्डा मिलाउनका लागि माओवादीले गृहमा श्रेष्ठलाई पठाउने तयारी गरेको हो । आज (आइतबार) उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी गराउने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण उनको सांसद पद खारेज भएपछि गृह सहित १६ वटा मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री प्रचण्डले सम्हालिरहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको