Like us!
Follow us!
Connect us!
Watch us!

जब ज्ञानेन्द्र शाहीलाई मिटरब्याज पीडितहरूले लखेटेपछि...

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १६ : २५ मा प्रकाशित

जब ज्ञानेन्द्र शाहीलाई मिटरब्याज पीडितहरूले लखेटेपछि...

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई मिटर ब्याज पीडितहरूले सामन्तको मतियार भन्दै लखेटेका छन्। आज (मंगलबार) बिहान मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका सांसद शाहीविरुद्ध पीडितहरूले नाराबाजी समेत गरे।

ज्ञानेन्द्र शाहीले आफू उनीहरूको पक्षमा बोल्न आएको भन्दा समेत उनी सामन्तको पक्षमा वकालत गर्ने व्यक्ति भएको र आफूहरूलाई यस्तो अवस्थामा सामन्तीले नै पुर्‍याएको भन्दै उनलाई त्यहाँबाट फिर्ता पठाएका थिए। 

उनीहरूले भने, ‘तपाइको ऐक्यबद्धता आवश्यक छैन। तपाइ राजावादी हो। सामन्तको पक्षमा वकालत गर्ने को हामीलाई सहयोग चाहिँदैन।’  आफूहरूले नागरिक आन्दोलन गरेको भन्दै उनीहरूले राजावादी र सामन्तवादीको समर्थन नचाहिने स्पष्ट पारे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको