Like us!
Follow us!
Connect us!
Watch us!

ज्ञानेन्द्र शाहीको घोषणा– मेरो पारिश्रमिकबाट तीन हजार खेलाडीको नाममा जम्मा गरिदिनेछु

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, १६ : ४० मा प्रकाशित

ज्ञानेन्द्र शाहीको घोषणा– मेरो पारिश्रमिकबाट तीन हजार खेलाडीको नाममा जम्मा गरिदिनेछु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले आफूले पाउने तलब सुविधाबाट मासिक तीन हजार खेलाडीलाई प्रदान गर्ने घोषणा गरेका छन् । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । 

संसद्मा उनले भने, ‘आजको संसदबाट मैले घोषणा गरेको छु, मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीको नाममा जम्मा गरिदिनेछु । हामी आठ सय ८४ जना छौँ, यदि हरेक सांसदले महिनाको तीन हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसारभर चिनाउन सहयोग पुग्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको