Like us!
Follow us!
Connect us!
Watch us!

विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन– सांसद ज्ञानेन्द्र शाही

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १४ : २४ मा प्रकाशित

विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन– सांसद ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विदेशको ऋण ल्याएर प्रदेश पाल्न नसकिने बताएका छन् । आज (बिहिबार) प्रतिनिधि सभा बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

सांसद शाहीले नेपालमा संघीयता काही नअटाएका कार्यकर्तालाई सांसद बनाउने थलोमात्रै बनेको टिप्पणी गरे ।

उनले भने, ‘संघीयता जम्मा दुईवटा कारणले चाहिन्छ । एउटा पहिचाका लागि चाहिन्छ । एउटा भनेको देश ठूलो भयो भने त्यो देशलाई केन्द्रीकरण गर्नका लागि चाहिन्छ । तर, आज यो देशमा संघीयता कार्यकर्ता भर्ति गर्ने काही नअटाएका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश र विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको