Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्त संस्थामा देखिएको समस्या समाधान गर्न राष्ट्र बैंकद्वारा सुझाव माग

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १६ : १७ मा प्रकाशित

लघुवित्त संस्थामा देखिएको समस्या समाधान गर्न राष्ट्र बैंकद्वारा सुझाव माग

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले लघुवित्तको वर्तमान समस्या र समाधानका उपायका लागि अध्ययन समिति गठन गरेको छ। आज आइतबार एक सूचना जारी गर्दै बैंकले समिति गठन गर्दै लघुवित्त वित्तीय संस्थाहरुमा देखिएकोे वर्तमान समस्या र उक्त समस्याको समाधान गर्न चाल्नुपर्ने कदमहरुका बारेमा सुझाव समेत मागेको छ । 

राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठन भएको समितिले अध्ययन कार्य सुरु गरेको हो।  अध्ययन समितिले सरोकारवालाहरुलाई लघुवित्तहरुको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे इमेलमार्फत २०८० वैशाख २० गते भित्र सुझाव दिन भनेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको