Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रमा तत्काल सुधार ल्याउन उद्योग परिसंघले अर्थमन्त्रीलाई दियो १० बुँदे सुझाव

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १० : १९ मा प्रकाशित

अर्थतन्त्रमा तत्काल सुधार ल्याउन उद्योग परिसंघले अर्थमन्त्रीलाई दियो १० बुँदे सुझाव

नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतलाई नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन आग्रह गरेको छ । परिसंघको टोलीले हिजो (आइतबार) अर्थमन्त्री डा.महतलाई भेटेर मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको हो ।

परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराईनुपर्ने एवम् लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताए ।

‘यी तीन विषयलाई केन्द्रमा राखेर उच्च मनोबलका साथ काम भए अर्थतन्त्रमा छिटो सुधार आउँछ’, उनले भने । परिसंघले ब्याजदर घटाउन एवम् तरलताको स्थिती सहज बनाउन क्यास रिजर्भ रेसियो ९सीआरआर० तीन प्रतिशतमा झारिनुपर्ने, बैंक दर घटाइनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको सत् प्रतिशत निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम पाँच प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, शेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्याण्डिङमा जोखिमभार १०० प्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसंघले दिएको छ । निर्माण क्षेत्रमा दिनुपर्ने भुक्तानी छिटो निकासा गराउन पनि परिसंघले सुझाव दिएको छ । यसले बजारमा तरलता बढाउन सहयोग पुग्नेछ ।

सो भेटमा अर्थमन्त्री डा।महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए। उनले सकारात्मक वातावरण सिर्जना गर्न लागिपर्ने बताए । ‘अर्थतन्त्र सुधारका लागि सकारात्मक वातावरण निर्माण गर्न पूर्णरूपमा लाग्नेछौँ, जहाँबाट समस्या आएको छ, त्यहीबाट सुधार गर्न तयार छौँ, त्यसमा तपाईंको पनि सहयोग आवश्यक पर्छ’,उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको