Like us!
Follow us!
Connect us!
Watch us!

उपनिर्वाचनका लागि रवि लामिछानेको उम्मेदवारी दर्ता

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, ११ : २४ मा प्रकाशित

उपनिर्वाचनका लागि रवि लामिछानेको उम्मेदवारी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष सभापति रवि लामिछानेले चितवन–२ मा उम्मेदवारी दर्ता गरेका छन्। आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) लामिछानेले मनोनयन दर्ता गरेका हुन्।  

यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए। सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता विवादमा सांसद पद नै जाने गरी फैसला सुनाएको थियो । उनले चुनाव जितेको चुनावी क्षेत्र चितवन २ को सांसद पद रिक्त भएको थियो ।

यस क्षेत्रको उपनिर्वाचनमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्दै छन्।

१० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ। जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ।

लामिछानेले पार्टी स्थापनाको ६ महिनामै २० नोभेम्बरको सांसदको चुनावमा २० सिट दिलाएका थिए । उनको दल नेपालको संसदमा चौंथो ठूलो शक्ति हो । उनी केही दिनका लागि उपप्रधानमन्त्रीसहित गृहमन्त्री पनि बनेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको