Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री डा. महतले डाक्यो केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति बैठक

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, ११ : ३१ मा प्रकाशित

अर्थमन्त्री डा. महतले डाक्यो केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति बैठक

अर्थमन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक डाकेका छन् । समितिको बैठक आज (सोमबार) दिउँसो २ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा बस्ने अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको हो । बैठकमा सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

समितिमा गृहमन्त्री, गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको