Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन– पूँजीबजार सुधारका लागि ठोस योजना ल्याउनुस्

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १४ : ४६ मा प्रकाशित

धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन– पूँजीबजार सुधारका लागि ठोस योजना ल्याउनुस्

अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीबजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । आज (सोमबार) अर्थ मन्त्रालयमा बोर्डका अध्यक्ष रमेश हमालसहितका पदाधिकारीसँग छलफल गर्दै अर्थमन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् ।

उनले छोटो समयको अवधि भित्रै पूँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्ने गरी अगाडि बढ्न निर्देशन दिए । बजारको सुधारका लागि बोर्डले गरिरहेका कामबारे मन्त्रीलाई ब्रिफिङ गरिएको बताइएको छ । बोर्डसँग थप छलफल गर्ने अर्थमन्त्री डा. महतले प्रतिबद्धता जनाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको