नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतले लगानीको माहोल सकारात्मक नरहेकाले यसलाई सकारात्मक बनाउनु अहिलेको चुनौती रहेको बताएका छन् । अर्थतन्त्र निरासाजनक रहेकाले अर्थतन्त्रलाई सकारात्मक बाटोमा ल्याउन सेयर बजारको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ । आज लगानीकर्तासँगको छलफलमा उनले अर्थतन्त्रको समस्या राष्ट्र बैंकको कतिपय नीतिका कारण पनि प्रभाव परेको बताएका हुन् ।
उनले भने, ‘सेयर बजारमा लगानीको माहोल सकारात्मक छैन खासमा यसलाई पोजेटीभको सेन्टीमेन्टमा ढाल्नुपर्ने अहिलेको मुल चुनौती रहेको छ । निरासाजनक ठिक छैन् भन्ने सन्देश जादाँ त्यसतर्फ अर्थतन्त्र मुभ हुन्छ त्यसकारण सकारात्मक बाटोमा लानुपर्छ र त्यसमा सेयर बजारको भूमिका महत्वपूर्ण छ । यसमा देखिएको समस्या होस् या राष्ट्र बैंकका कतिपय नितीहरुले ल्याएका कुराहरुले अर्थतन्त्रमा प्रभाव पारेको छ ।’
अर्थमन्त्री महतले नेपाल राष्ट्र बैंकसँग प्रारम्भिक छलफल भइसकेको र संबन्धित सबै निकायसँग छलफल गर्ने बताए । उनले व्यक्तिगत फाईदा भन्दा आवश्यक अनुसार अर्थतन्त्र चलायमान गर्नका लागि लागि पर्ने बताए । उनले भने ‘नीतिगत कुराहरुलाई मध्यनजर गरेर हामी संबन्धित सबै निकायसँग छलफल गर्छाै । राष्ट्र बैंकसँग पनि प्रारम्भिक छलफल भइसकेको छ । जे आवश्यक छ हामी व्यक्तिगत फाइदा भन्दा पनि समग्रमा अर्थतन्त्र चलायमान गर्नका लागि के गर्नुपर्छ ।’
अहिलेको अवस्थामा सेयर बजारमा साना लगानीकर्ता देखि ठुलो मात्रामा जनसंख्या रहेकाले त्यसप्रति संवेदनशिल रहेको बताए । उनले अर्थतन्त्रमा बजारलाई सकारात्मक ‘भाइब्स’ दिने गरी सम्भाब्यलाई सुधार गर्ने जायज उपायहरुमा अपनाइने समेत प्रष्ट्याए । उनले भने, ‘अवश्य पनि सेयर मार्केटमा धेरै ठुलो मात्रामा जनसंख्या जोडेको छ । साना लगानीदेखि जोडेको हुनाले त्यसप्रति हामी संवेदनशिल छौँ । र त्यस सम्भाब्यलाई सुधार गर्ने जायज उपायहरु हुनसक्दछ । जसले बजारलाई सकारात्मक भाइब्स दिन सक्छ । यस विषयमा कुरा गर्नका लागि पर्छु ।’
अर्थमन्त्री महतले सम्बन्धित स्टेक होल्डरहरु र सम्बन्धित नियामक निकायहरुको पनि सहयोगको आवश्यकता रहेको औल्याए । ‘त्यसमा संबन्धित स्टेक होल्डरहरुको पनि सहयोगको आवश्यकता छ । संबन्धित नियामकनिकायहरुको पनि आवश्यक छ । उनले भने, ‘संबन्धित सबैसँग छलफल गरेर अर्थतन्त्रलाइ सकारात्मकतर्फ उन्मुख गर्न मेरो प्रयास हुन्छ र फेरीपनि आवश्यक अनुसार वृस्तीत रुपमा छलफल गर्ने छु ।’ अर्थतन्त्रलाई सकारात्मकतर्फ उन्मुख गर्न प्रयास गर्ने उनको भनाई थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस