राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपनिर्वाचनका लागि चितवन २ का उम्मेदवार रवि लामिछानेविरुद्ध परेको दाबी विरोध र उजुरीमा बुधबार उनले स्पष्टीकरण बुझाउँदै छन् ।
रविविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको छ । रविलाई बुधबार दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।
सोमबार भएको उम्मेदवारी दर्ताविरुद्ध मंगलबार चार जना व्यक्तिले उम्मेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गराएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस