Like us!
Follow us!
Connect us!
Watch us!

अञ्जन श्रेष्ठको उद्घोष– ‘व्यावसाय दर्ता सञ्चालन र खारेजीको प्रक्रियामा सहजता प्रदान गर्न अग्रसर छौँ’

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, १२ : ४१ मा प्रकाशित

अञ्जन श्रेष्ठको उद्घोष– ‘व्यावसाय दर्ता सञ्चालन र खारेजीको प्रक्रियामा सहजता प्रदान गर्न अग्रसर छौँ’

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठले व्यावसाय दर्ता सञ्चालन र खारेजीको प्रक्रियामा सहजता प्रदान गर्नका लागि आफूहरु प्रतिबद्व रहेको जनाएका छन् । आज बुधबार उम्मेदवार परिचय र वाचापत्र उदघोष कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले घरेलु तथा व्यवसायहरुको समस्या समाधानका लागि स्थानिय सरकारहरुसँगको सहकार्यमा विशेष ध्यान र जोड दिने बताएका छन् ।  नेपाल उद्योग बाणिज्य महासंघका प्रादेशिक कार्यालयको क्षमता समेत विस्तार गर्ने आफूहरुको योजना रहेको उनले स्पष्ट पारे । 

कार्यक्रममा बोल्दै उनले भने,‘व्यावसाय दर्ता सञ्चालन र खारेजीको प्रक्रियामा सहजता प्रदान गर्नका लागि हामीहरु प्रतिबद्व छौँ । घरेलु तथा व्यवसायहरुको समस्या समाधानका लागि स्थानिय सरकारहरुसँगको सहकार्यमा विशेष ध्यान र जोड दिनेछौँ । महासंघका प्रादेशिक कार्यालयको क्षमता समेत विस्तार गर्ने  योजना छ ।’

एफएनसीसीआईका आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आज मंगलबार मनोनयन दर्ता गरेको छ। श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका हुन्। 

“अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँचमा हुनेगरी काम गर्नुपर्दछ,” उम्मेदवारी दर्ता गर्ने क्रममा श्रेष्ठले भनेका थिए, “अहिलेको युवा जोश र जाँगरका साथ संस्थालाई गति दिने नेतृत्वको खाँचो छ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको