Like us!
Follow us!
Connect us!
Watch us!

नेपालका ३ हजार एटिएम ह्याक, खाताको रकम चोरिन नदिन के गर्ने ?

सोमबार, २९ कार्तिक २०७३, १३ : ११ मा प्रकाशित

नेपालका ३ हजार एटिएम ह्याक, खाताको रकम चोरिन नदिन के गर्ने ?

अर्थ संसार

काठमाडौं– पछिल्लो समय नेपालका एटिएम मेसिन ह्याकरको निशानामा पर्दै गएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार अहिलेसम्म ३ हजारभन्दा बढी ग्राहकका एटिएम कार्ड ह्याक भएका छन् ।

सिविआइले छुट्टाछुट्टै घटनामा दुई टर्किस, तीन रोमानियन र एकजना बुल्गेरियन नागरिकलाई पक्राउ गरी अनुसन्धान गर्दा त्यति एटिएम ह्याक भएको जानकारी बाहिर आएको हो । ती ब्यक्तिबाट  तीन हजारभन्दा धेरै व्यक्तिको एटिएमको डाटा र पिन नम्बर बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुले ग्राहकको डाटा ह्याक गरी नक्कली कार्डमार्फत पैसा निकाल्ने गरेका थिए । उनीहरुले एटिएम बुथहरूमा गोप्य क्यामरा र डिभाइस राखेर नक्कली कार्ड बनाउँदै आएका थिए ।

यसरी डाटा ह्याक हुन थालेपछि ग्राहकको बैंक खातामा रहेको रकम समेत असुरक्षित हुन थालेको छ । 

आफ्नो खाताबाट रकम चोरिन नदिन के गर्ने ?

केही बैंकले सूचना निकालेर ग्राहकलाई सचेतता अपनाउन आग्रह गरेका छन् । ती बैंकले एटिएम बुथमा संकास्पद उपकरण रहे, नरहेको हेर्न, त्यस्ता उपकरण देखे बैंकलाई खबर गर्न, आफ्नो एटिएमको पिन तुरुन्त बदल्न सुझाव दिएका छन् । यसै गरी एटिएमबाट कारोबार गर्दा नचिनेको ब्यक्तिको सहयोग नलिन, कारोबार गरिरहेका बेला अपरिचित ब्यक्तिलाई प्रवेश नदिन, एटिएममा आफ्नो पिन प्रयोग गर्ने बेला पिन प्याडमा कसैलाई नदेख्ने गरी शरिरले छेक्न, कार्डलाई सदैव सुरक्षित राख्न आग्रह गरेका छन् । 

सिद्धार्थ बैंकले ग्राहकलाई साबधान गराउँदै जारी गरेको सूचना यहाँ दिइएको छ । 

582967673e13c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको