प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक यतिवेला चूनौतिपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् । नेकपा माओवादीनिकट सहकारीकर्मीहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेपनि संविधानलाई कमजोर बनाएर उल्ट्याउने कसरत भइरहेको बताएका छन्।
उनले संघीयता र समानुपातिक समावेशिता मन नपराउनेहरूबाट संविधान विरोधी गतिविधि भइरहेको उल्लेख गर्दै भने–‘अहिले निकै चुनौतीपूर्ण अवस्थामा नेतृत्वको अवसर प्राप्त भएको छ। सजिलो छैन। अर्थतन्त्रको कुरा सुनिराखेका छौँ। यसलाई पार लाउन सहज छैन। राजनीति पनि कुनै एउटा पार्टीको बहुमत छैन। मोर्चा गरेर नेतृत्व गरेका छौँ। सजिलो छैन। अप्ठ्यारो छ। तर, पनि चुनौतीपूर्ण अवस्थामा छौँ।’
यस्तै, प्रधानमन्त्री दाहालले सरकारले एक दुई दिनमा नै पूर्णता पाउने विश्वास दिलाए । उनले भने,‘सरकारले करिब९करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ होला। अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस