नेपाल राष्ट्र बैंकले आज (बिहिबार) २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले लगानीयोग्य रकम (तरलता) व्यवस्थापनका लागि बजारमा उक्त बराबरको रकम पठाउन लागेको हो ।
केन्द्रिय बैंकले १४ दिन अवधिका लागि उक्त बराबरको रकम बैंक तथा वित्तीय संस्थामा पठाउन लागेको हो । उक्त रिपो खरिदका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु सहभागि हुन पाउनेछन् । बैंकले यसअघि चैत २ गते १५ अर्ब रुपैयाँ तरलता बजारमा पठाएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस