Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको रुप हो: अध्यक्ष नेपाल

अर्थ संसार

शुक्रबार, २४ चैत्र २०७९, १५ : ५६ मा प्रकाशित

सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको रुप हो: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप भएको बताएका छन् ।

समाजवादी सहकारी सङ्गठन नेपालद्वारा आज आयोजित कार्यक्रममा उनले सहकारीले आममानिसको हितमा काम गर्नुपर्ने बताउँदै यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी निजी र राज्य सम्मिलित तीनखम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताए ।

समाजमा छरिएका स–साना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएकामा चिन्ता व्यक्त गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा समेत यसलाई सम्बोधन गरिएको बताए ।-रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको