Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेविरुद्धको मुद्दा दबाबमा नभई प्रक्रियागत रुपमै टुंग्याएका हौँ– महान्यायाधिवक्ता पोखरेल

अर्थ संसार

शुक्रबार, २४ चैत्र २०७९, १६ : ०२ मा प्रकाशित

रवि लामिछानेविरुद्धको मुद्दा दबाबमा नभई प्रक्रियागत रुपमै टुंग्याएका हौँ– महान्यायाधिवक्ता पोखरेल

महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा नचल्ने निर्णय आफूले कुनै राजनीतिक दबाबमा नभई प्रक्रियागत रुपमै गरेको स्पष्ट पारेका छन्। 

महान्यायाधिवक्ता नियुक्त भएको एक सय दिन पुगेको अवसरमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अनुसन्धानका क्रममा रविमाथि मुद्दा चल्ने आधार र प्रमाण नदेखिएका कारण टुंग्याएको दाबी गरेका हुन्। 

‘महान्यायाधिवक्ताको नियुक्ति राजनीतिक रुपमा हुन्छ। त्यसैले राजनीतिक दबाबको रुपमै टुंग्याएको हो कि भन्ने लाग्न सक्छ’, उनले भने, ‘तर, यसमा अनुसन्धान भएर विधि र प्रक्रिया अनुसार नै मुद्दा नचल्ने निर्णय भएको हो।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको