Like us!
Follow us!
Connect us!
Watch us!

परम्परागत सोचबाट माथि उठेर अबको बजेट भिन्न, नयाँ र गुणात्मक हुन्छः प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १३ : २० मा प्रकाशित

परम्परागत सोचबाट माथि उठेर अबको बजेट भिन्न, नयाँ र गुणात्मक हुन्छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट विगतभन्दा भिन्न, नयाँ, गुणात्मक नीति, कार्यक्रम र योजनाहरू सहितको हुने स्पष्ट पारेका छन् । आज सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२ औँ साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले परम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न, नयाँ, गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य भइरहेको बताए । उनले नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने तयारीमा रहेको बताए । 

सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल सरकार आर्थिक वर्ष २०८०।०८१ को नीति कार्यक्रम र बजेट निर्माणको पूर्व सन्ध्यामा छ । परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ। रम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न, नयाँ, गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य भइरहेको छ ।’

उनले मुलुकको अर्थतन्त्र सञ्चालनमा निजी क्षेत्रको ठुलो योगदान रहिआएको बताए । नेपाल सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रुत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित रहेको उनले जानकारी दिए । आफ्ना कामहरू बाटै बहु आयामिक गरिबी १७.४ प्रतिशतमा झरेको उनले दाबी गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको