Like us!
Follow us!
Connect us!
Watch us!

बैंकर्स संघले ब्याजदरको विषयमा छलफल गर्न डाक्यो बैठक

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १५ : ५८ मा प्रकाशित

बैंकर्स संघले ब्याजदरको विषयमा छलफल गर्न डाक्यो बैठक

नेपाल बैंकर्स संघले आगामी नयाँ वर्ष २०८० को बैशाखमा लागू हुने ब्याजदरको विषयमा छलफल र निर्णय गर्न बैंठक आव्हान गरेको छ । संघले आगामी चैत २९ गतेका लागि बैठक बोलाएका हो ।  आगामी बुधवारका लागि संघको बैठक बोलाएको बैंकर्स संघका अध्यक्ष सुनिले केसीले  बताएका छन् । 

उनले भने,–‘आगामी बुधवार संघको बैठक बोलाएका छौं । ब्याजदर लगायतका विषयमा छलफल र आवश्यक निर्णय लिनेछौं । विशेषतः ब्याजदरकै रणनीतिमा छलफल हुनेछ ।’

पछिल्लो समय ब्याजदर घटाउनका लागि चौतर्फी दबाब आईरहेको छ । सरकार पक्षले पनि निरन्तर ब्याजदर कम गर्ने सुझाब दिइरहेको छ । गत मंगलबार मात्रै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रालयमा बोलाएर देशको वर्तमान अवस्था, ब्याजदर, सेयर बजार, विदेशी विनियम सञ्चिति, मूल्य वृद्धि लगायतका विषयमा छलफल गरेका थिए । नियामक निकायसँगैको छलफलले आगामी बैशाखमा ब्याजदर घट्ने संकेत देखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको