Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री डा. महत र नाडाका प्रतिनिधिमण्डलबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका समसामयिक विषयमा छलफल

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १६ : २४ मा प्रकाशित

अर्थमन्त्री डा. महत र नाडाका प्रतिनिधिमण्डलबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका समसामयिक विषयमा छलफल

अर्थमन्त्री डा. प्रकाशशरण महत र नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । उनीहरुबीच हिजो भेटवार्ता भएको हो । वार्ताको क्रममा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा छलफल भएको नाडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

उक्त छलफलको क्रममा अध्यक्ष थापाले अर्थमन्त्री डा. महतलाई सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरणगरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो बर्गिकरणबाट हटाउन आग्रह गरे । सोही क्रममा अध्यक्ष थापाले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात् ७५ प्रतिशत नै कायम गरिनु पर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरु आम सर्वसाधरण जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकोले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु आग्रह गरे । त्यसै क्रममा अध्यक्ष थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने सुझाव दिए ।

सो छलफलको क्रममा मन्त्री महतले आफु धेरै अपठ्यारो परिस्थितिमा आएको बताउँदैै अटोमोवाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसंग सल्लाह गर्ने, कुन कुन विषयहरुमा अटोमोवाइल व्यवसायीहरुलाई समस्या परेको छ त्यसबारे आउदो बजेट सुझावमा समावेशगरी पठाई दिन आग्रह गर्दे त्यसको समुचित समाधानका लागि प्रयाश गरिने आश्वासन दिए ।

सोही भेटघाटको क्रममा मन्त्री महतले अव अटोमोवाइल व्यवसायीहरुले विद्युतिय सवारी साधनहरुको उत्पादन र विक्रीमा यथोचित ध्यान दिनका लागि आग्रह समेत गरको सन्दर्भमा अध्यक्ष थापाले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको