Like us!
Follow us!
Connect us!
Watch us!

तीन लघुवित्त संस्थाको साधारणसभा आज, कुनको कति लाभांश ?

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, ०६ : १७ मा प्रकाशित

तीन लघुवित्त संस्थाको साधारणसभा आज, कुनको कति लाभांश ?

आज चैत्र २८ गते विभिन्न ३ लघुवित्त कम्पनीहरुको बार्षिक साधारणसभा बस्दैछ । आज नयाँ सारथी लघुवित्त वित्तिय संस्था, किसान लघुवित्त र विजय लघुवित्तको बार्षिक साधारणसभा बस्दैछ ।

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ औँ बार्षिक साधारणसभा आज चैत्र २८ गते होटल जुगल मिरावलचोक धुलिखेल, काभ्रेपलान्चोकमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभाले विजय लघुवित्तसंग १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औँ बार्षिक साधारणसभा आज चैत्र २८ गते विजय स्रोत केन्द्र गैँडाकोट नवलपरासीमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभाले नयाँ सारथी लघुवित्तसंग १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ ।

किसान लघुवित्त वित्तिय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा आज चैत २८ गते र्याकेट इभेण्ट्स, सुन्दरबस्ती, बुढानिलकण्ठ ८, काठमाडौंमा विहान ११ बजे बस्दैछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत का दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।  साथै सभाले सर्वसाधारण तथा संस्थापक सेयरको स्वामित्व परिवर्तन गर्ने, थप सार्वजनिक निष्कासन अर्थात् एफपीओ निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको