Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओली एक साथ सभामुख निवासमा, सङ्क्रमणकालीन न्यायबारे सहमति खोज्दै

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, ११ : १२ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओली एक साथ सभामुख निवासमा, सङ्क्रमणकालीन न्यायबारे सहमति खोज्दै

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका शीर्षनेताको बैठक सभामुख देवराज घिमिरेको बालुवाटारस्थित् निवासमा बिहान १०ः३० बजेबाट सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी छन् ।

त्यसैगरी बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । 

मुलुकको राजनीतिक परिवर्तनमा एकताबद्ध भएका प्रमुख राजनीतिक दल सङ्क्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पु¥याउने विषयमा पछिल्लो समय बैठकहरूमा जुटेका छन् । गत शनिबार सभामुख देवराज घिमिरेले तीन दलका शीर्षनेतासँग सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए । आजको यस बैठकमा पनि त्यसै विषयमा छलफल सुरु भएको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको