नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले लघुवित्तहरुमा अहिले देखिएका समस्याहरु आउनुको मुख्य जिम्मेवार लघुवित्त संञ्चालकहरु नै भएको बताएका छन् । आज मंगलबार लघुवित्त सञ्चालकहरुको आर्थिक पत्रकारहरुसँग विशेष भेटमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
होटल एभरेष्टमा भएको उक्त भेटमा लघुवित्तका सञ्चालकहरुले आफुले दोस्रो बजारबाट ३–४ हजार प्रतिकित्ता सेयर ब्यालेन्स सिट आकर्षक बनाउन व्यवस्थापनलाई दवाव दिने गरेकाले जथाभावी रुपमा कर्जा विस्तार भएको उनको दाबी छ । लघुवित्त संस्थाहरुका मूल्य मान्यताहरु बिर्सिएर कमर्सियल बैंकहरुको मोडेलमा आक्रामक रुपमा ऋण लगानी गर्दा अहिलेको अवस्था आएको उनले दाबी गरे ।
ऋण नवीकरण गर्ने भन्दै वर्षमा ३–४ चोटी सम्म सर्भिस चार्ज लिएको भन्दै त्यसो नगर्न उनले लघुवित्तका सञ्चालकहरुलाई चेतावनी समेत दिए । ५० औँ लाखको गाडी संस्थाको नाममा किन्ने अनि व्यक्तिगत प्रयोग गर्ने जस्ता विकृति रहेकाले आफुलाई सुधार गर्न उनको सुझाव छ ।
राष्ट्र बेंकले लघुवित्तका सम्बन्धमा जारी गरेको सर्कुलरमा के–के असहज कुराहरु रहेका छन्, सो विषयको बारे तथ्यसहित आउन उनले लघुवित्तहरुलाई आह्वान गरे । राष्ट्र बैंक लघुवित्तहरुसँग सहकार्य गर्न तयार रहेको र कहाँ–कहाँ सहजीकरणको आवश्यकता रहेको छ, त्यहाँ राष्ट्र बैंक तयार रहको उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस