Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वीत्तीय स्थितीबारे सार्वजनिक गर्यो तथ्याङ्क (पूर्णपाठसहित)

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, १६ : १२ मा प्रकाशित

राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वीत्तीय स्थितीबारे सार्वजनिक गर्यो तथ्याङ्क (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को आठ महिनाको तथ्याङ्कमा आधारित एक रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वीत्तीय स्थितीबारे तथ्याङ्क सार्वजनिक गरेको हो । 

राष्ट्र बैंकले जारी गरेको तथ्याङकमा मुख्य बुँदामा चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको उल्लेख गरेको छ । त्यस्तै आयात १९.१ प्रतिशतले, निर्यात २९.१ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेको समेत उल्लेख गरेको छ । 

त्यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढेको उल्लेख गरिएको छ । त्स्तै बैंकले शोधनान्तर स्थिति रु.१४८ अर्ब ११ करोडलेबचतमा रहेको जारी गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै कुल विदेशी विनिमय सञ्चिति रु.१४०१ अर्ब २१ करोड र अमेरिकी डलरमा १० अर्ब ६९ करोड रहेको बताइएको छ । त्यस्तै संघीय सरकारको खर्च रु.७७९ अर्ब २३ करोड र राजस्व परिचालन रु.५८२ अर्ब ७७ करोड रहेको बताइएको छ । 

नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्याङ्कको पूर्णपाठ: 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको