लघुवित्तको लाभांसलाई १५ प्रतिशतमा सिमित बुझेर नै गरेको गभर्नर महाप्रसाद अधिकारीले स्वीकारेका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार पत्रकार सम्मेलन गर्दै देशको पछिल्लो आर्थिक अवस्थाको बारेमा जानकारी गराउदै उक्त कुरा पनि उल्लेख गरेको हो।
लघुवित्तमा समस्या आईरहेको समाचार जता ततै आइरहेको र त्यहि कम्पनीले लाभांस घोषणा गर्दै भोलि संस्था नै कोल्याप्स भए के गर्ने, तेसैले दिगोपनाको लागि रिटेन अर्निङ जोगाएर लघुवित्त जोगाउने राष्ट्रबैंकको नीति रहेको बताए।
पत्रकार सम्मेलनको क्रममा गभर्नर अधिकारीले भने, ‘बैंक तथा वित्तीय क्षेत्र सुरक्षित छ र सानातिना धक्काले अफ्ठेरो पर्ने अवस्था हामी देख्दैंनौं ।’
गत वर्षसम्म नेपालको बाह्य क्षेत्र चापमा रहेपनि यतिबेला सुधार भएको उनले बताए । गत वर्षसम्म विदेशी मुद्राको सञ्चिती रित्तिँदो अवस्थामा थियो भने चालू खाता र घाटा र आयात ह्वात्तै बढेको उनले स्पष्ट पारे। तर, यतिबेला यी सबै पक्ष सुधारात्मक अवस्थामा रहेको गभर्नर अधिकारीले बताएका हुन् ।
उनले भने,‘गत वर्षसम्म नेपालको बाह्य क्षेत्र चापमा रहेपनि यतिबेला सुधार भइसकेको स्थिती छ। गत वर्षसम्म विदेशी मुद्राको सञ्चिती रित्तिँदो अवस्थामा थियो भने चालू खाता र घाटा र आयात ह्वात्तै बढेको थियोे। तर, यतिबेला यी सबै पक्ष सुधारात्मक अवस्थामा छ ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस