Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन खुला, ब्याजदर कति ?

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, ०९ : ३१ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन खुला, ब्याजदर कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्रमा आजबाट निष्काशन तथा बिक्री खुला गरिएको छ। आज अर्थात चैत २९ गते देखि आवेदन दिन सकिने यस ऋणपत्र बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा निष्काशन गर्न गरेको हो। यस ऋणपत्रको नाम  ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ राखिएको छ। 

यस ऋणपत्रपत्र छिटोमा २०८० वैशाख ४ गते र आवेदन नपरेमा ढिलोमा वैशाख १३ गते सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। 

बैंकले प्रति ऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। जस मध्य ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा हद तोकिएको छैन।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर - सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ। अर्थात मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ। 

यस ऋणपत्रको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भए पश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको