Like us!
Follow us!
Connect us!
Watch us!

ओलीलाई भेट्न प्रचण्ड, देउवा र सभामुख घिमिरे बालकोटमा

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, ११ : १० मा प्रकाशित

ओलीलाई भेट्न प्रचण्ड, देउवा र सभामुख घिमिरे बालकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताहरु बालकोटमा पुगेका छन् । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच टिआरसी विधेयकका बारेमा छलफल भइरहेको छ ।

संसद्मा टिआरसी विधेयक विचाराधीन अवस्थामा छ । प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनका दलले टिआरसी विधेयकलाई फास्ट ट्रयाकमार्फत टुंग्याउन चाहेपनि एमालेले समिति बनाएर दफाबार छलफल हुनुपर्ने अडान कायमै राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको