Like us!
Follow us!
Connect us!
Watch us!

लिबर्टी इनर्जीले एकैपटक डाक्यो तीन आर्थिक वर्षको साधारण सभा,  बुक क्लोज कहिले?

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, १२ : १४ मा प्रकाशित

लिबर्टी इनर्जीले एकैपटक डाक्यो तीन आर्थिक वर्षको साधारण सभा,  बुक क्लोज कहिले?

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले ११औं, १२औं र १३औं साधारण सभा यहि वैशाख २५ गते सोमबार अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले हाल कायम रहेको पुँजीको संरचनामा संशोधन गर्ने तथा अख्तियारी सम्बन्धमा प्रस्ताव छलफल गरी पारित गर्नेछ भने कम्पनीको चुक्तापुँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

त्यस्तै, कम्पनीले आफ्नो चुक्तापुँजी र संचित मुनाफा भन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने साथै थप ऋणका लागि स्वीकृति दिने सम्बन्धमा प्रस्ताव लैजानेछ । साथै अन्य हाइड्रोपावर कम्पनीहरु गाभ्ने/गाभिने तथा प्राप्ति, खरिद गर्ने तथा नयाँ परियोजनामा लगानी गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साथै आव २०७६/७७, २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै, सोही आवमा भएको वित्तीय विवरणहरुमाथि छलफ गरी पारित गर्ने, आव २०७७/७८ र २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट एकजना गरी ६ जना संचालकहरुको निर्वाचन गर्ने र एकजना स्वतन्त्र संचालक नियुक्त गर्ने सभाको एजेण्डा रहेको छ । सभा प्रायोजनका लागि कम्पनीको बुक क्लोज बैशाख ११ एक दिनका लागि हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको