लिवर्टी इनर्जी कम्पनीले मंसिर १६ गतेदेखि बिक्री गरिरहेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज पुस ७ गते अन्तिम दिन हो।
आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले मंसिर १६ गतेदेखि १ः ०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद बिक्री प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसको आधारमा कात्तिक २० गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।
यो सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदनका बिक्री प्रबन्धकका साथै प्रभु बैंकको बेशिसहर र लमजुङ शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार र लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी र लमजु शाखा साथै धितोपत्र बोर्डबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिन्छ।
हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस