Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद बिक्रीका लागि लिवर्टी इनर्जीले तोक्यो बुक क्लोज,कहिलेसम्म कायम सेयरधनीले दिन पाउँछन् आवेदन ?

अर्थ संसार

शुक्रबार, ०९ कार्तिक २०८१, १० : ४४ मा प्रकाशित

हकप्रद बिक्रीका लागि लिवर्टी इनर्जीले तोक्यो बुक क्लोज,कहिलेसम्म कायम सेयरधनीले दिन पाउँछन् आवेदन ?

लिवर्टी इनर्जी कम्पनी लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न  ्बुक क्लोज मिति तय गरेको हो । 

कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ भने कात्तिक २० गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् । 

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 
हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको