Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर घटाउन राष्ट्र बैंकलाई महासंघको आग्रह

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, ११ : ०३ मा प्रकाशित

ब्याजदर घटाउन राष्ट्र बैंकलाई महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी वर्तमान अर्थतन्त्रका समस्या र समाधानका उपाय बारे छलफल गरेको छ ।  

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्यवृद्धिका कारण समस्यामा रहेको औँल्याउँदै केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए । 

बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको अध्यक्ष ढकालले बताए । उनले केन्द्रीय बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा जोड दिए । निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीले कर्जाको साँवा–ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि कर्जा पुनर्संरचना र पुर्नतालिकीकरणको सुविधा दिन उनले राष्ट्र बैंकलाई आग्रह गरे । बैंकहरूको खराब कर्जासमेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उनको जोड थियो । 

वार्तामा गभर्नर अधिकारीले महासंघका सुझावलाई सकारात्मक रूपमा लिएर कार्यान्वन गर्ने आश्वासन दिए । उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, बजेट र मौद्रिक नीतिमार्पmत पनि महासंघका सुझाव समावेश गरिने जानकारी गराए । साथै, अहिलेको अर्थतन्त्रका समस्या समाधान गर्न महासंघसँगको सहकार्य राष्ट्र बैंकका लागि पनि महŒवपूर्ण रहेको उनको भनाइ थियो । भेटमा महासंघका नवनिर्वाचित पदाधिकारीहरु तथा कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको